क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अलविम्व उपलव्ध गराउन राप्रपाका सांसद ज्ञानेन्द्र शाहीद्वारा सरकारको ध्यानाकर्षण


१८ भाद्र २०८०, सोमबार १४:०० मा प्रकाशित

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अलविम्व उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई पुरस्कार उपलव्ध गराउने घोषणा गरे पनि अहिलेसम्म खेलाडीको खातामा एक पैसा पनि नआएको भन्दै खेलाडीले पाउनुपर्ने रकम अलविम्व उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले खेलाडीलाइ दिने भनिएको रकम रोकिएर राख्नुको कारण समेत माग गर्नुभयो । शुभकामना मात्रै दिएर खेलाडीको मनोबल उच्च नहुने भन्दै उहाले उत्कृट नजिता निकाल्न अभावलाई हटाउने काम पनि राज्यले गर्नुपर्ने बताउनुभयो ।

सांसद शाहीले भोको पेटले राष्ट्रबादलाई कहासम्म धान्ने भन्ने प्रश्नचिन्ह खडा हुनेसमेत बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here