कोशी सरकारविरुद्ध परेको रिटको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा


१७ भाद्र २०८०, आईतवार १२:१५ मा प्रकाशित

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज आइतबार पेसी तोकिएको छ ।

उक्त रिट निवेदन सर्वोच्च न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको शुक्रबारको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आज आइतबारका लागि सारिएको थियो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडामा परेको थियो ।

न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here