मनसुन निष्क्रिय, तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्को भनाई


१४ भाद्र २०८०, बिहीबार ०९:०४ मा प्रकाशित

काठमाडौ । मनसुन निष्क्रिय भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।

आज, भोलि र पर्सि तीन दिनसम्मै लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद बरुण पौडेलले बताए ।

उनका अनुसार काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा बादल लागेको छ ।

तराई तिर भने घाम लागेको छ । ‘तर लगातार ठूलो वर्षा हुने सम्भावना छैन,’ उनले भने, ‘काठमाडौंमा पनि शीतल छ । तर तुरुन्तै पानी पर्ने देखिँदैन ।’

उनका अनुसार कोशी प्रदेशको संखुवासभा लगायतका एक(दुई स्थानमा हल्का वषर भएको छ । तर झरी जस्तो भने छैन ।

आज र भोलि बेलुकाको समयमा पूर्व र मध्यका पहाडी भेगहरुमा तथा पोखरा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तुलनात्मक हिसाबले भोलि ९शनिबार० कोशी, बागमती र गण्डकीको हकमा एक(दुई ठाउँमा मात्रै भारी वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here