भक्तपुरमा भ्यागुतालाई भोज खुवाइयो


१४ भाद्र २०८०, बिहीबार ०९:०० मा प्रकाशित

काठमाडौ । भ्यागुताहरुलाई पनि भोज खुवाइयो भन्दा धेरैलाई अच्चम लाग्ला तर भक्तपुरमा बुधबार परम्परा अनुसार भ्यागुतालाई भोज खुवाइएको छ ।

भक्तपुरका किसान आ-आफना खेतहरुमा पुगेर भ्यागुतालाई भोज खुवाएका छन ।  प्रत्येक वर्ष जनैपूर्णिको दिन यहाँं यस्तो चलन चल्ने गर्दछ ।

भक्तपुर नगरपालिकाको निर्णय अनुसार भक्तपुरमा बुधबार जनैपूर्णिमा मनाइएको छ ।

हातमा ठूल्ठूला पात राखी पातमाथि भोजका परिकार राखेर भोज खुवाउन किसान खेत पुगेका थिए ।

भोजमा थरीथरीका परिकार रहेका हुन्छन् । भोजमा खाना, रोटीसँगै मौसमी तरकारी क्वाँटी र बोडी पनि राखिएका हुन्छन् ।

खानाका परिकार मात्रै होइन, गोलाकार पारेर काटिएका मूलाका चाना सिन्कोले घोचेर भातमा अड्याइएको हुन्छ ।

यसलाई ऐनाको रुपमा बुझिन्छ । रक्षाबन्धन धागो र सिन्दूर पनि त्यहीँ राखिएका हुन्छन् । छेवैमा धुवाँइरहेको धूपले सुगन्ध फैलाइ रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here