दीगो विकास लक्ष्यका लागि बजेट र योजनाबीच तालमेल नभएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भनाई


१२ भाद्र २०८०, मंगलवार १६:४८ मा प्रकाशित

काठमाडौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्यका लागि बजेट र योजनाबीच तालमेल नभएको बताउनुभएको छ ।

दीगो विकाससम्बन्धी भावी रणनीतिका बिषयमा मंगलबार ललितपुुरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले बजेट र योजनाबीच तालमेल नभएसम्म दीगो विकास लक्ष्य प्राप्त कठिन हुने बताउनुभएको हो । उहाले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले तोकिएको समयावधिभित्र दीगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो औँल्याउनुभयो । उहाले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र दीगो विकासका लक्ष्य प्राप्ति हुने ढङ्गबाट आयोजना छनोट गरी सामाजिक न्यायका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सुशासन र दीगो विकास मुलुकको प्राथमिकताको विषय भएकाले सवै बिषयगत समितिमा छलफल हुनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here