चीनको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश समेटीयो


१२ भाद्र २०८०, मंगलवार ११:२४ मा प्रकाशित

काठमाडौ । चीनले सोमबार आफ्नो नयाँ नक्सा जारी गर्दै नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ ।

नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ । ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको केही दिनअघि मात्र भेट भएको थियो । सो भेटमा दुई देशको सीमा विवादको बारेमा छलफल भएको बताइएको बेला यो नक्सा जारी भएको हो ।

यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशको ११ स्थानको नाम बदल्ने अनुमति दिएको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनमा आफ्नो दाबी गर्दै आएको छ । उता भारतले पश्चिम अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर क्षेत्रमा चीनले अवैध रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here