इन्जिनियर र नायव सुब्बा घुससहित पक्राउ


२४ असार २०७६, मंगलवार १६:१६ मा प्रकाशित

बारा । बाराको पचरौता नगरपालिकाका २ जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नगरपालिकाका इन्जिनिय रायप्रकाश सतरा र नायब सुब्बा बद्रीबहादुर थापा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हटौंडास्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घुससहित पक्राउ परेको हो ।अख्तियारका अनुसार इन्जिनियर सतराले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भएको प्रतिवेदनमा हस्ताक्षर गर्नका लागि ठेकेदार कम्पनीबाट १५ हजार रुपैयाँ घुस लिएका थिए ।

यस्तै नासु थापाले भने महिला सशक्तिकरणअन्तर्गतको बजेटमा कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न १४ हजार रुपैयाँ घुस लिएका थिए । अख्तियारले दुवै जनालाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here