सप्तकोसी नदी छेउबाट हराएका डाक्टर कोइराला अझै भेटिएनन्


१२ भाद्र २०८०, मंगलवार ०७:३८ मा प्रकाशित

विराटनगर । सप्तकोसी नदीको पुल छेउमा गाडी, जुत्ता र मोबाइल छोडेर बेपत्ता भएका झापा दमकका डाक्टर प्रज्ज्वल कोइरालाको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । डाक्टर कोइराला राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको छ ।

१–०२–००२ च ४१६६ नम्बरको कार छाडेर उनी बेपत्ता भएका हुन् । बेवारिसे कार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पुलको रेलिङमा उनको मोबाइल, जुत्ता र मोजा फेला पारेको थियो । ‘होटेलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली ल्याएर दिनभरि खोजी गरेको र कोशीमा पानीको बहाब बढेका कारण सबैतिर खोजी गर्न पनि समस्या भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here