गणतन्त्रको फल धरानमा पाक्यो, यो त सुरुवात मात्रै होः दुर्गा प्रसाई


११ भाद्र २०८०, सोमबार २०:२७ मा प्रकाशित

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईले विदेशीहरुको योजनामा आएको गणतन्त्रको फलस्वरुप धरानकाण्ड भएको बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रसाईले पहिचानको नाममा सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई बलात्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा देशमा साम्प्रदायिक युद्धको सिर्जना गर्ने प्रयास भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालभरि काण्ड नै काण्ड भएको छ, यो सबै गणतन्त्रले ल्याएको फल हो पाक्यो, अब खानै पर्छ सबैले कसैलाई भनेर केही पनि हुदँैन् । गणतन्त्रको फल धरानमा पाक्यो यो त सुरुवात मात्रै हो । विदेशीहरुको योजनामा ल्याइएको यो गणतन्त्र मौलाउँदै गएर फलेको फल स्वरुप पहिले पहिचानको नाममा हाम्रो सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई बलात्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा विभेदपूर्ण व्यवहारहरु गर्न लगाएर देशमा साम्प्रदायिक युद्धको सिर्जना गर्दैछन् । ’

उहाँले देशका संघीय, प्रदेश, नगरपालिका र वडा सदस्यसमेतलाई गाडी चढ्न र पोस्नको लागि करमाथि कर बढाएको पनि बताउनुभयो ।  अध्यक्ष प्रसाईले अहिलेको अवस्थामा कसैको बहकावमा नलागी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकहरुको जीवन रक्षा र गाँस, बास, कपासको सुनिश्चतताका खातिर एक भएर उभिन आवश्यक भएको बताउनुभयो ।

उहाँले नेपाली नागरिकहरुलाई गाँस, बास, कपास र शान्तिका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था नआउँने गरि बार या पारको अन्तिम लडाई लड्न आग्रह पनि गर्नुभयो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here