ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा तीर्थयात्रीहरूले चढाएका ४६ देशका मुद्रा भेटिएका छन् ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको मन्दिरमा गत आर्थिक वर्षमा तीथयात्रीहरूले तीन करोड चार लाख ६२ हजार तीन सय ९७ रुपैयाँ चढाएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
गत आवमा चढाएको भेटीमा अमेरिकाको मुद्रा तीन हजार तीन सय १९ डलर, कतारी रियल तीन हजार नौ सय ५२ रहेको क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए ।
त्यसैगरी, साउदी अरब, मलेसिया, भुटान, कुवेत, हङकङ, कोरिया, दुबही, बहराइन, चीन, जापान, माल्दिभ्सलगायत देशका नेपाली रुपैयाँमा परिणत गर्दा लाखौँबराबरको रकम रहेको उनले जनकारी दिए । भेटिएका मुद्राहरू धेरै रङ लागेर च्यातिएका र ती मुद्राहरू सटही गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको उनको भनाइ छ ।
आर्थिक वर्ष ०७९र८० मा आठ करोड ५९ लाख ९७ हजार एकसय ९४ रुपैयाँको कारोबार भएको बताइएको छ । दाताबाट सीधै पाथीभरा मन्दिरको खातामा १४ लाख ५४ हजार जम्मा गरिएको छ । कुल तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ जम्मा भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए ।
त्यसैगरी, अघिल्लो वर्षको मौज्दात पाँच करोड तीन लाख १८ हजार चार सय ८५ रुपैयाँ रहेको पनि सार्वजनिक गरिएको छ । उता, व्ययतर्फ कर्मचारीलाई तलब ज्यालादारी ५७ लाख ५४ हजार ६ सय ९० रुपैयाँ, फोहोर व्यवस्थापनमा ८७ हजार आठ सयलगायत गरी ७१ लाख ८६ हजार नौ सय ९० रुपैयाँ खर्च भएकोसमेत पत्रकार सम्मलेलनमा जानकारी गरिएको छ । उता, अहिले बैंक मौज्दात सात करोड ८८ लाख १० हजार दुई सय पाँच रुपैयाँ रहेको छ । आर्थिक वर्ष ०७८÷७९ मा भेटीबाट दुई करोड ८९ लाख ४१ हजार रुपैयाँ जम्मा भएको थियो ।
आर्थिक वर्ष ०७९र८० मा दुई लाख एक हजार चार सय ४८ जनाले पाथीभराको दर्शन गरेकोसमेत सार्वजनिक गरेको छ । आर्थिक वर्षको १२ महिनामध्ये वैशाखमा ३५ हजार ६ सय ६४ जनाले पाथीभराको दर्शन गरेका छन् । चैत महिनामा ३० हजार ६ सय १८ जना, जेठ महिनामा २७ हजार दुई सय १७, मंसिरमा २३ हजार तीन सय ६६ जनाले पाथीभरा दर्शन गरेका छन् । सबैभन्दा थोरै साउनमा एक हजार सात सय ९५ जनाले पाथीभरा दर्शन गरेको अध्यक्ष थेबेले बताए । अघिल्लो आर्थिक वर्ष ०७८÷७९ मा दुई लाख १४ हजारले तीर्थयात्रा गरेको बताइएको छ ।
तीर्थयात्रीबाट उठेको रकम सोही क्षेत्रको विकासका लागि खर्चिने योजना रहेको पत्रकार सम्मेलनमा बताइएको छ । जसमध्ये माथिल्लो फेदीबाट तीर्थयात्री हिँड्ने बाटोमा फाइबर ट्रस्ट बनाउने योजना रहेको छ । सोका लागि तीन करोड ठेक्का खुलाई काम लगाउने अध्यक्ष थेबेले बताए । त्यसैगरी, पाथीभरा मन्दिरका पाटी तथा विभिन्न घरका छानाबाट आएको पानी संकलन गर्न ट्यांकी बनाऊ तथा भएको पानीट्यांकीलाई तारबारलगायतका कामका लागि ७२ लाख रुपैयाँ खर्च गरिनेसमेत पत्रकार सम्मेलनमा बताइएको छ ।
साभार: नयाँ पत्रिका