मधेश प्रदेशको शुभ जनता बहुमूखी क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ


१० भाद्र २०८०, आईतवार १९:५१ मा प्रकाशित

रविन घिमिरे, सर्लाही । मधेस प्रदेशको सर्लाहीस्थित बरहथवामा रहेको शुभ जनता बहुमुखी क्याम्पसमा जारी स्नातक तह दोस्रो वर्षाको परीक्षामा आइतबार नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीका विद्यार्थी प्रेमराज दाहालको नाममा परीक्षा दिने हरिवन नगरपालिका–१, का विष्णुकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

अर्कै व्यक्तिलाई राखेर मानबीकि सङ्काय अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षा दिन लगाउने दाहाल सुखेपोखरी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति हुन् ।

दाहालको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

नक्कली परीक्षार्थी राख्ने स्ववियु सभापति दाहाल अहिले फरार छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here