सुनसरी । लगातारको वर्षाका कारण सप्तकोशीमा बाढी गति उच्च भएको छ । शुक्रवार बिहान ९ बजे सप्तकाशी नदी चतरामा जलसतह अत्याधिक बढेको हो ।
सतर्कता तह ६ मिटर नजिक पुगेको बाढी सूचना केन्द्रले जनाएको छ ।
तमोर, सुनकोसी र अरूणमा पनि जल सतह बढ्दो रहेकोले उच्च सतर्कता अपनाउन भनिएको छ । उदयपुर, सुनसरी र सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूलाई सतर्कताका लागि आग्रह गरिएको हो ।