कैलालीको टीकापुर घटनाको सम्झनामा काठमाडौंमा विद्रोह सभा


७ भाद्र २०८०, बिहीबार १७:४८ मा प्रकाशित

कैलालीको टीकापुर घटनाको सम्झनामा थारु कल्याणकारीणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति लगाएतका संघसंथाहरुले काठमाडौंमा विद्रोह सभा गरेका छन् ।

२०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा भएको घटनालाई लिएर उनीहरुले टिकापुर विद्रोहसभा गरेका हुन् ।

विद्रोहसभामा सहभागीहरुले टीकापुर घटनाको झुटा मुद्दा फिर्ता गर्नुपर्ने, निर्दोष राजबन्दीहरुलाई रिहाई गर्नुपर्ने, देवीराम शर्मा र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संवैधानिक व्यवस्था अनुसार थारु कलष्टरसहितको संघीय निजामती सेवा विधेयक पारित गर्नुपर्ने लगाएतका माग राखेका थिए ।

टीकापुर घटनाको सम्झनामा थारुहरूले हरेक बर्ष भद्र ५ गते विद्रोह दिवस मनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here