प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने


७ भाद्र २०८०, बिहीबार १७:४४ मा प्रकाशित

प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराउनुभयो ।

निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको छ ।यसैगरी प्रतिनिधिसभाको नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते निर्धारण गरिएको सभामुख घिमिरेले जानकारी गराउनुभयो ।

त्यसका लागि भदौ ८ गतेभित्र लिखितरूपमा प्रश्न दिन सकिने उहाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here