गिरीबन्धु टी स्टेटको जग्गाका बिषयमा छानविन गर्न जरुरी छैनः ओली


६ भाद्र २०८०, बुधबार १७:०५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका बिषयमा छानविन गर्न जरुरी नरहेको बताउनुभएको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टि स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निणर्यका बिषयमा छानविन गर्न जरुरी नभएको तर छानविन गर्न मन लागे गर्न सुझाव दिनुभयो ।

उहाँले विना कानून जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानून बनाएर व्यवस्थित काम गर्ने गरेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिनुभयो । सुन तस्करी सधैका लागि अन्त्य गर्न र निष्पक्ष छानविन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको भन्दै ओलीले अहिले एमालेले पनि सम्झौता गर्नुपरेको तर्क गर्नुभयो ।

त्यस्तै अध्यक्ष ओलीले स्तरहीन मान्छेहरुले सुन तस्करी प्रकरणमा आफूलाई जोड्ने प्रयास गरेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here