मुगु । मुगु जिल्ला स्थायी घर भएका दुई विप्लप समुहका कार्यकर्ता बाजुराबाट पक्राउ परेका छन ।
मुगु कार्यक्षेत्र र मुगुमै घर उनीहरू बाजुराको हिमाली गाउँपालीका धुलाचौरबाट प्रक्राउ परेका जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिए । उनका अनुसार सोमबार विहान इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँँवरको नेतृत्वमा खटिएको टोलीले बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको धुलाचौरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका ८ का बाँचे दमाई र नन्दविर ढोली रहको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुवैजना हिमाली गाउँपालिका वडा नं. ६ धुलाचौरमा लुकेर बसीरहेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुगु बुझाइएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । यता जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरीनायव उपरिक्षक राजेन्द्र बाबाु रेग्मीले थप अनुसन्धानपछि घटनाबारे थप जानकारी आउने बताएका छन् । यसैबीच हिजो राति मुगु जिल्लाका स्थानीय तहमा विप्लव समुहले ताला लगाएका थियो । जिल्लाको छायाँनाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र सोरु गाँउपालिकामा गएराति आएका विप्लवका कार्यकर्ताहरुले ताला लगाएका हुन ।
तीन वटा स्थानीय तहमा राती नै ताला लगाएपनि मुगुम कार्मारोङ्ग गाँउपालिका प्रहरी चौकी पुलुसंगै जोडिएकाले यहाँ भने ताला लगाउन सकेनन । राति नै ताला लगाएर प्रत्येक कार्यालयको गेटमा प्रेस विज्ञप्ती समेत टाँस गरेका थिए । राति विप्लवका कार्यकर्ताहरुले ताला लगाए पनि प्रहरीले भने बिहान ताला तोडेको थियो ।





