कोशी प्रदेशमा गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्ति गरेपछि काँग्रेस भित्रै असन्तुष्टी


३१ श्रावण २०८०, बुधबार १२:२१ मा प्रकाशित

बिराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेश सभा सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरिएपछि कांग्रेस भित्रै असन्तुष्टी देखिएको छ ।

कांग्रेस कोशी प्रदेश सभा सदस्य केदार कार्कीले मण्डललाई राज्यमन्त्री बनाइएकोमा असन्तुष्टी जनाएका छन् ।

प्रदेशसभाका जेष्ठ सदस्यसमेत रहेका मण्डललाई मुख्यमन्त्री उद्धव थापाले राज्यमन्त्री नियक्तु गरेर कांग्रेसकै बेइजत गरेको आरोप लगाए ।

नेपालवाचसंग कुरा गर्दै कार्कीले मण्डल मुख्यमन्त्री थापा भन्दा पनि वरिष्ठ व्यक्ती भएको भन्दै राज्यमन्त्री बनाइनुले कांग्रेसकै बेइजत भएको बताए ।

‘उहाँ नेपाली कांग्रेसको पुरानो नेता हो ।

उहाँ मन्त्री बन्ने कुरामा दुई मत हुँदैन ।

प्रदेश सभाको जेष्ठ सदस्य नभए पनि मन्त्री हुनु पर्ने मान्छे हो,’ कार्कीले भने, ‘तर मुख्यमन्त्रीले उहाँलाई राज्यमन्त्री बनाएर नेपाली कांग्रेस र संसदीय दल बेइजत गर्नुभयो ।

उहाँले प्रदेश सभामा सभामुखको भूमिका पनि निर्वाह गरिसक्नु भयो । उहाँ त्यसै पनि मुख्यमन्त्री भन्दा सिनियर मान्छे हो । त्यसरी हेर्दा त उहाँ नै मुख्यमन्त्री हुने मान्छे पनि हो नी ।’

कार्की मोरङ क्षेत्र नं। ६ को २ बाट विजयी सांसद हुन् । उनी यसअघि प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।

मण्डल भने मोरङ क्षेत्र नं। ५ को १ बाट विजयी सांसद हुन् ।

उनले आजै कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको शपथ लिएका छन् ।

मुख्यमन्त्री थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् । मण्डल ८० वर्षका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here