कोशी प्रदेशमा कांग्रेसका गयानन्द मण्डल उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री बने


३१ श्रावण २०८०, बुधबार ११:०३ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशमा कांग्रेसका गयानन्द मण्डल उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट उनलाई राज्यमन्त्री बनाएका हुन् । योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ ।

यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।

जसमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकीकृत समाजवादी

बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here