इटहरीस्थित कुबेर एण्ड सन्स ट्रेड प्रालिका सञ्चालक जेपी घिमिरे बीमा कम्पनीको ठगीमा


३१ श्रावण २०८०, बुधबार १६:४३ मा प्रकाशित

निराजन निरौला, बिर्तामोड । इटहरीस्थित कुबेर एण्ड सन्स ट्रेड प्रालिका सञ्चालक जेपी घिमिरे बीमा कम्पनीको ठगीमा परेका छन् ।

सलिको इन्स्योरेन्स कम्पनीबाट दुईवटा गोदामको ७ करोडको बीमा गराएकोमा एउटा गोदामको दुई करोड र अर्को गोदामको पाँच करोडको बीमा गराएको घिमिरेले बताए ।

२०७९ साल असार १४ गते भीषण पानी परेपछि ट्याङ्ग्रा खोला गोदाममा पसेर दुई करोडको बिमा गराएको गोदाममा पूर्ण क्षति पुगेको थियो । उक्त गोदाममा ४६ लाख रुपैयाँभन्दा बढीको सामान पूर्ण रुपमा नष्ट भएको थियो ।

तर बीमा कम्पनीसँग क्षतिपूर्तिको दावी गर्दा ८ लाख ४५ हजार रुपैयाँमात्र दिन खोजेको घिमिरेले गुनासो गरेको छन् । आफूले पैसा लिन नमानेपछि बीमा कम्पनीले थप एक लाख रुपैयाँ दिने भन्दै बार्गेनिङ गरेको उनले बताए ।

२०७९ साल असारको बाढीले क्षति गरेपछि बीमा दावीका लागि उनले तत्काल सबै प्रक्रिया पूरा गरेर बुझाए पनि कम्पनीले २०८० वैशाखमा मात्र दावी फर्स्यौट पूर्जा तयार पारेको थियो ।

तर अहिलेसम्म पनि कम्पनीले उही ८ लाख ४५ हजार र पछाडी थपिदिने भनेको एक लाखको चेक लिन आफूलाई दबाब दिइरहेको घिमिरेले बताएका छन् । सलिको इन्स्योरेन्स कम्पनी इटहरी शाखाका शाखा प्रमुख  कमलप्रसाद पौडेलले भने केन्द्रको आदेशमा चल्नु पर्ने बताए ।

केन्द्रीय कार्यलयबाट खटिएको अनुगम टोलीले घटनाको अनुसन्धान गरेपछि उनीहरुको प्रतिवेदनअनुसार बिमितलाई बिमाङ्क उपलब्ध गराउनु पर्ने प्रावधान रहेकाले यस विषयमा शाखा कार्यलयको कुनै हक नहुने उनले बताए ।

बिमितलाई ८ लाख ४५ हजार बिमाङ्क उपलब्ध गराउनुको कारण सहितको प्रतिबेदन केन्द्रीय कार्यलयले पठाएपछि जानकारी गराइने शाखा प्रमुख पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here