घुस लिँदै गर्दा गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर पक्राउ


३१ श्रावण २०८०, बुधबार १०:५३ मा प्रकाशित

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बिहान सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको छ ।

लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापालसमेत हुन् ।

आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी आए पनि थप विवरण आइरहेको र त्यसपछि मात्र विस्तृत आउने वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here