बालुवाटार प्रकरणमा मैले कुनै गल्ती गरेको छैनः माधव नेपाल


२९ श्रावण २०८०, सोमबार १३:३० मा प्रकाशित

काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार प्रकरणमा आफूले कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ ।

साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफूले कुनै बदमासी नगरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नबिराउनु नडराउनु । मैले केही पनि बिराएको छैन । कुनै बदमासी गरेको छैन् । कुनै अपराध गरेको छैन । कुनै भ्रष्टाचार गरेको छैन । कुनै पनि लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले गर्दा म आत्तिएको छैन । र अलि अलि चित्त दुखेको छ ।’

उहाँले अहिले देश अन्यौलको अवस्थामा रहेको भन्दै छानबिनमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले आफूलाई भाग्यो भन्ने आरोप लगाइएको भन्दै चित्त दुखाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here