निराजन निरौला । झापाको अर्जुनधारा जलेश्वरधाम पूर्वका पशुपतिनाथ नामले पनि परिचित छ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा अवस्थित यो मन्दिरमा श्रावण महिनाभर दर्शनार्थीको घुईँचो लाग्यो ।

हुन त यस मन्दिरमा अन्य समयमा पनि दर्शनार्थीको भीड नै हुने गर्छ ।
तथापी श्रावण महिना भगवान शीवको महिना भएकाले पनि दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको पाइयो ।

श्रावण महिनाको पनि सोमबारलाई बिशेष महत्वका साथ हेरिन्छ ।
त्यसैले पनि श्रावण २९ गते अन्तिम सोमबार अर्जुनधारा जलेश्वरधाम दर्शनार्थीको भिडले अझ आकर्षक देखिएको छ ।









