Tuesday, 20 October 2026
Suryodaya Online
३ कात्तिक २०८३, मंगलबार
विज्ञापन

कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान

Suryodaya Online२३ असोज २०८३admin0 प्रतिक्रिया

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ । दोस्रो पटक थप भएको समयभन्दा तीन घण्टा ढिलो मात्रै मतदान सकिएको हो ।

आज बिहानैदेखि सुरु भएको मतदानको समय पहिले दिउँसो ३ बजेसम्म निर्धारण गरिएको थियो । तर, त्यो समयमा नसकिने छाँट देखिएपछि निर्वाचन समिति थप दुई घण्टा गरेर ५ बजेसम्म निर्धारण गरेको थियो ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private