बर्षाका कारण कोशी प्रदेशका बिभिन्न स्थानको सडक अवरुद्ध


२८ श्रावण २०८०, आईतवार १५:२८ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेशका बिभिन्न स्थानहरुमा आएको अबिरल बर्षा संगै बाढी पहिरोको कारण बिभिन्न स्थानहरुमा सडक अबरोध भएको छ ।

ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका-३ स्थितमा दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका-५ जोड्ने मोटरेबल पुल सम्म जाने अन्दाजी ७ मिटर बाटो बाढीले बगाउँदा दुवै तर्फको सवारी आवामगन बन्द भएको छ ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ गुप्त बराह भित्री सडक खण्डमा सडकमा पहिरो झरी बाटो अबरोध भएको छ ।

ईलाम नगरपालिका-४  अधिकारी चोकमा सडकमा पहिरो झरी बाटो अवरोध भएको, तेह्रथुमको छथर गाउँपालिका-र सिधुवा शुक्रवारे सडकखण्डको देविथानमा सडक माथीबाट पहिरो खस्दा बाटो अवरोध भएको, ताप्लेजुङको फुङलिङ नगरपालिका-८ खोक्से खोला स्थित मेची राजमार्गमा सडक माथीबाट पहिरो खस्दा राजमार्ग अवरोध भएकोले उक्त स्थानहरुमा प्रहरी टोली खटि गई स्थानीय निकायहरुसंग समन्वय गरी बाटो खुलाउने पहल भईरहेको छ ।

यसैगरी  झापाको अर्जुनधारा नगरपालिका-७ खुदुवावारी-शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनीको पंखामा बाढीले क्षति पुर्‍याउदा पुल जिर्ण अबस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली खटि गई स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here