मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनोउने क्षमता खेलाडीले राख्छन्ः मन्त्री मगर


२३ असार २०७६, सोमबार २१:४५ मा प्रकाशित

कास्की । खानेपानी मन्त्री बिना मगरले नेपाली खेलाडीमा देशलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउनसक्ने क्षमता रहेको बताएकी छिन् ।

अखिल क्रान्तिकारीको आयोजनामा पोखरा–१९ स्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा सञ्चालन भएको ‘प्रकाश स्मृति सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सोमबार समापन कार्यक्रममा मन्त्री मगरले एउटा कुशल खेलाडी आफैंमा अनुशासित र इमान्दार हुने बताइन् ।

असार १८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उपाधि कन्स्ट्रक्सन एफसी लामाचौरले जितेको छ । लामाचौरले उपाधिसँगै रु ४० हजार पुरस्कार प्राप्त गरेको छ । उप–विजेता ब्रदर युनिटी लामाचौरले रु २५ हजार पुरस्कार प्राप्त गर्‍यो । विजेता तथा उप–विजेतालाई गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटालगायतले पुरस्कार वितरण गरेका थिए ।

काउरेस्थित खेल मैदानमा भएको सो प्रतियोगितामा ३४ टोली सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here