प्रदेश २ को हरिवन नपाको लखन्देही पुलको तल पुरुषको टाउको मात्र फेला


२५ श्रावण २०८०, बिहीबार १२:२२ मा प्रकाशित

सर्लाही हरिवन । प्रदेश न.‍ २ को हरिवन नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुलको तल पुरुषको टाउको मात्र फेला परेको छ ।

लखन्देही पुलबाट करिब ५० मिटर दक्षिण खोला किनारमा शरिरबाट गिँडेर फालिएको टाउको मात्र फेला परेको हो ।

विहिबार बिहान स्थानीयले देखेर खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सूरु गरेको छ ।

हाल टाउकोलाई उठाएर पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएको प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

टाउकोमा माटो लागेको देखिएकाले मास्लो भेकबाट खोलाले नै बगाएर ल्याएको हो कि, कसैले गाडीमा ल्याएर त्यहाँ फालेको हो यसै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे सिन्धुली प्रहरीलाई पनि जानकारी गराईएको र शरिरको अन्य भाग खोजतलासका लागि लखन्देही आसपासका सम्पूर्ण युनिटलाई परिचालन गरिएको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here