पाकिस्तानमा ताजा जनादेशका लागि संसद विघटन


२५ श्रावण २०८०, बिहीबार १०:४२ मा प्रकाशित

एजेन्सी । पाकिस्तानमा ताजा जनादेशका लागि संसद विघटन गरिएको छ ।

यही अगष्ट १२ तारिखमा पाँच वर्षे कार्यकाल पूरा हुने संसद बुधबार राती विघटन गरिएको हो । प्रधानमन्त्री शहबाज सर्रिफको सल्लाहमा राष्ट्रपति आरिफ अल्भीले त्यहाँको संसद राष्ट्रियसभा भंग गरेका हुन् ।

संसद विघटनसँगै प्रधानमन्त्री सर्रिफ नेतृत्वको मन्त्रिपरिषद् पनि विघटन भएको छ । तर, निर्वाचन गराउनका लागि कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म सर्रिफ नै काम चलाउन सरकारको प्रधानमन्त्री रहने छन् ।

अबको ३ दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन गर्नुपर्ने छ । कार्यबाहक प्रधानमन्त्री चयनका लागि विघटित संसदमा विपक्षी दलका नेता रहेका राजा रियाजले प्रधानमन्त्री सरिफसँग बिहीबार भेटवार्ता गर्र्दैछन् ।

कार्यबाहक प्रधानमन्त्रीले ९० दिनभित्र आमनिर्वाचन गराउनु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here