बिर्तामोडको श्री श्याम मोबाइल एक्सेसरिजमा अवैध मोबाइल फोनको कारोबार भएको पाइएपछि हंगामा


२४ श्रावण २०८०, बुधबार १९:५४ मा प्रकाशित

झापा । झापा बिर्तामोडमा मोबाइल पसल सञ्चालन गर्ने एक व्यापारीसहित उनले भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याएका विभिन्न ब्रान्डका ३० वटा मोबाइल फोन बिर्तामोडका हेलसेल डिलरहरूले नेपाल प्रहरीलाई बुझाएका छन् ।

बुधबार दिउँसो भारतबाट भन्सार छली गरेर ल्याएको मोबाइल फोन हनुमान सेन्ट्रलको पहिलो तलामा रहेको श्री श्याम मोबाइल एक्सेसरिजका व्यापारी शंकर बंशलले ग्राहकलाई बेच्दै गरेको थाह पाएपछि बिर्तामोडका होलसेल डिलरहरूले उनको पसलमा निगरानी बढाएका थिए ।

त्यसलगत्तै उनीहरूले भारतबाट ल्याएका विभिन्न ब्रान्डका मोबाइल फोन बंशलको पसलबाट बरामद गरेका थिए । डिलरहरूले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट प्रहरी टोली बंशलको पसल पुगेका थिए ।

भन्सार छली गरेर ल्याइएका मोबाइल फोन र व्यापारी बंशललाई प्रहरीलाई बुझाइएको डिलरहरूले जानकारी दिएका छन् । डिलरहरूले नेपालमा बिक्रीका लागि अहिलेसम्म नआएका मोबाइल फोन उनको पसलबाट फेला पारेका थिए । मोबाइल फोन तथा व्यापारीलाई राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here