युवावर्गलाई उद्यममा आकर्षित गर्न गिरी र उप्रेतीको अभियान


२३ श्रावण २०८०, मंगलवार १९:१९ मा प्रकाशित

झापा । युवालाई उद्यममा आकर्षित गर्न झापाका दुई जना युवा व्यवसायीले अभियान सञ्चालन गर्ने भएका छन् । ती दुई युवा व्यवसायीको सक्रियतामा युवावर्गलाई उद्यमी बनाउने अभियान लागेका हुन् । युवा व्यवसायीहरू सन्दिप गिरी र अर्जुन उप्रेतीको नेत्तृत्वमा उक्त अभियान सञ्चालन हुन लागेको हो ।

नेपालमै युवालाई उद्यमी बनाएर बिदेश पलायन रोक्ने अभियान उनीहरुको रहेको छ । उद्यमीहरुको संख्या वृद्धि गर्नका लागि तीन तहबाट उद्यमीहरुको सञ्जाल बन्ने भएको छ । जसलाई उनीहरुले ‘बिजनेस ग्रुप’ नामाकरण गरेका छन् ।

सबैभन्दा पहिला विभिन्न बिषयमा विज्ञ १० जना युवालाई समेटेर व्यबसायिक अवधारणा आदान प्रदान गरिने कार्यक्रम रहेको अभियन्ता उप्रेतीले जानकारी दिए । यहाँ उपलब्ध अवधारणामध्ये उत्कृष्ट अवधारणामा लगानी गरेर ब्यवसाय सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

त्यसपछि युवा उद्यमी क्लब निर्माण गर्ने योजना समूहको रहने उनले बताए । दोस्रो बर्षमा १८ देखि ३० बर्षका युवालाई संगठित गरेर उनीहरुको व्यवसायिक अवधारणा मूल्यांकन गरेर त्यसमा लगानी गरिने गिरीले बताए ।

युवा उद्यमी समूहले प्रत्यक्ष निगरानी गर्ने गरी १६ बर्षमुनिका बालक तथा युवालाई लक्षित गरि उनीहरुको पनि उद्यमी समूह निर्माण गरिने बताइएको छ । यो समूह बिद्यालयमा खोलिने गिरीले जानकारी दिए । विद्यालयमा उद्यम विकास सम्बन्धि बिभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समूहको रहने उनले बताए ।

गिरीका अनुसार यो समूहको लक्ष्य भनेको विद्यालयस्तरदेखि नै युवामा व्यवसायिक ज्ञान प्रदान गर्नु, नयाँ व्यवसाय सम्बन्धि अनुसन्धान गर्न प्रेरित गर्नु रहेको उनीहरुको भनाइ छ । शुरुमा यो समूह देशभर काम गर्ने भए पनि यसले भविष्यमा दायरा अझ फराकिलो बनाउँदै लाने लक्ष्य रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here