गृहमन्त्रीको जवाफले एमालेको चित्त बुझेन, संसद बैठक पुनः अवरुद्ध


२३ श्रावण २०८०, मंगलवार १९:३६ मा प्रकाशित

काठमाडौं । सरकारबाट उच्चस्तरीय छानबिन समिति गठनको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

मंगलबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने क्रममा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिवद्धता नआएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो ।

मंगलबारको बैठकमा सवै दलका प्रतिनिधिहरुले धारणा राखेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका बारेमा सदनलाई जानकारी गराउनुभएको थियो ।

गृहमन्त्रीले सरकारका तर्फबाट जवाफदेही ढंगले जवाफ नदिएको एमालेले आरोप लगाएको छ । एमाले सांसदहरुले सदनमा नारावाजी गरेपनि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाएर बुधबारसम्मका लागि बैठक स्थगीत गर्नुभयो ।

त्यसअघि सदनमा सुन प्रकरणका बारेमा जानकारी गराउँदै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले राज्यले गर्ने अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले सुन सम्बन्धमा सीआइबीलाई नै छानबिनको अवसर दिइएको भन्दै ३५ दिनको समयमा सीआइबीले नसके नयाँ शिराबाट छलफल गर्ने र आवश्यक परे छानबिन समिति गठन गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले सुन प्रकरणका बिषयमा आफूले दिएको अभिव्यक्तिले कसैमाथि चोट पुगेको भए माफी माग्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here