प्रस्तावित शिक्षा ऐनविरुद्ध साउन २८ गतेदेखि निजी शिक्षण संस्था अनिश्चितकालीन बन्द गरिने


२३ श्रावण २०८०, मंगलवार १६:२४ मा प्रकाशित

काठमाडौं । निजी विद्यालय संगठनहरुले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार नेसनल प्याव्सन, हिसान र प्याव्सनले संयुक्त रुपमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै आन्दोलनसमेत घोषणा गरेका हुन् ।

उक्त विधेयकले कम्पनीमार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने उनीहरुले जनाएका छन् ।

शैक्षिक संस्थाहरूलाई व्यवस्थित, मर्यादित र लगानीको सुरक्षाका बारेमा आवाज उठाउँदै आएता पनि सुझावहरूलाई वेवास्ता गरी विधेयक अघि बढाउनु अन्त्यन्दै दुखद भएको हिसानका अध्यक्ष रमेश सिलवालले बताउनुभयो । उहाँले शिक्षा क्षेत्रका लागि ल्याइएको ऐनका बिषयमा यस क्षेत्रसंग सम्बन्धित निकायहरुसंग पनि छलफल नगरेको आरोप लगाउनुभयो ।

उनीहरुले बुधबार सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाउने, साउन २५ गते माइतीघर मण्डलामा मस्यौदाको विरोध प्रदर्शन गर्ने, २६ गते अन्तरक्रिया गर्ने २७ गते समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here