नेकपा एमाले संसद् बैठक सञ्चालनका लागि सहमत


२३ श्रावण २०८०, मंगलवार १४:०६ मा प्रकाशित

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद् बैठक सञ्चालनका लागि सहमत भएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठकमा सदन सञ्चालन गर्ने सहमति भएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।
तस्करीको १ क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संघीय संसद्का दुवै सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा०को बैठकमा अवरोध पुर्‍याउँदै आएको थियो।
मंगलबारको बैठकमा सुन तस्करी प्रकरण तथा हाल जारी अनुसन्धानबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने र एमालेले बैठक सञ्चालन गर्न दिने सहमति भएको हो।
बर्तौलाले मंगलबारको प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने सहमति भए पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको माग भने फिर्ता नलिइएको बताए। सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडान लिइरहेको बर्तौलाको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here