सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन


२२ श्रावण २०८०, सोमबार ११:२९ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

सोमबार संघीय संसद्का दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।

दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमाम बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here