ललिता निवास प्रकरणमा छानविन गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्ट नेपाल विदेशतर्फ


२२ श्रावण २०८०, सोमबार ११:०३ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल करिब दुई साताका लागि विदेश यात्रामा निस्किनुभएको छ ।

प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गर्नु भएको हो ।

स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी हुने अध्यक्ष नेपालको भ्रमण तालिका रहेको छ ।

अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ । हिजो मात्र ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

अदालतले आदेश दिएको भोलिपल्ट नेपाल विदेश उड्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here