झापालगायत देशका विभिन्न स्थानमा भारी बर्षा, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह


२३ श्रावण २०८०, मंगलवार ०७:४२ मा प्रकाशित

काठमाडौँ । झापालगायत देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । 

झापाका कनकाई, बिरिङ, कमल, रतुवालगायत नदीहरूमा बाढी आउने संभावना रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा  तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी  तटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ । सो क्षेत्र भइ बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाको आग्रह छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here