माओवादी केन्द्रले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने


२१ श्रावण २०८०, आईतवार १४:०१ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।

केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो ।

सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले बैठकमा उठेको प्रश्नहरूको जवाफ दिएपछि केन्द्रीय समिति बैठक सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here