भारतका लागि नेपाली राजदूत आचार्यलाई भूटानको पनि जिम्मेवारी


२३ असार २०७६, सोमबार १६:५२ मा प्रकाशित

काठमाडौं । गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत निलाम्बर आचार्यलाई भूटानको लागि पनि राजदूत नियुक्ति गरिएको छ ।

राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्ती अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भूटानका लागि पनि गैरआवासीय राजदूतमा नियुक्ति गर्नु भएको हो । नेपालको संविधान धारा २८२ को उपधार १ बमोजिम आचार्यको नियुक्ति गरिएको पनि राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here