गौरादहका सर्वसाधारणको करोडौं रुपैयाँ ठगी गर्ने सुनचाँदी व्यवसायी विश्वकर्मा पक्राउ


५ श्रावण २०८०, शुक्रबार १०:५३ मा प्रकाशित

झापा । झापा गौरादहबासीको करोडौं रकम ठगी गरेको आरोपमा सोही स्थानका सुनचाँदी व्यवसायी सोम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्मालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई पत्र लेखेर सम्पर्कविहीन भएका विश्वकर्मा सीमावर्ती काँकरभिट्टाबाट पक्राउ परेका हुन् ।

भारतबाट नेपाल छिरे लगत्तै उनलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर अनुसन्धान गरिराखिएको प्रहरीले जनाएको छ ।

गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए ।

उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरुले ठगी मुद्धा दर्ता गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here