विराटनगरमा तरकारी विषादी परीक्षण प्रयोगशाला खुल्यो


२३ असार २०७६, सोमबार १३:५३ मा प्रकाशित

विराटनगर । प्रदेश १ सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

संघीय सरकारले प्रयोगशाला नभएको भन्दै भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नै रोकेका बेला प्रदेश १ सरकारले प्रयोगशाला संचालनमा ल्याएको हो । काठमाडौंबाट प्राविधिकसहितको टोली ल्याएर प्रदेश १ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा विराटनगरको रानीमा फलफूल तथा तरकारीको विषादी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाबाट तरकारी तथा फलफूलमा रहेको विषादीको अवशेष तुरुन्तै परीक्षण गर्न गर्न सकिने मन्त्रालयले जनाएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले प्रयोगशाला स्थापना भएसँगै अब विराटनगरबाट नै तरकारी र फलफूलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन हुने बताए ।

प्रयोगशाला करिब २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो । काठमाडौंबाट आएका विशेषज्ञ प्राविधिकले प्रदेशका कर्मचारीलाई विषादी मापनको बारेमा जानकारी तथा प्रशिक्षण दिएर सोमबारदेखि नै यो प्रयोगशाला संचालनमा आएको हो ।

मन्त्रालयले कृषक तथा व्यपारीहरुलाई बिराटनगरबाटै फलफूल तथा तरकारीको विषादी परीक्षण गर्न भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here