सप्तकोशी नदीमा ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार


२९ असार २०८०, शुक्रबार ११:५४ मा प्रकाशित

काठमाडौं । सप्तकोशी नदीमा ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलबाट ट्रक नदीमा खसेको हो।

शुक्रबार बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता भएको छ । ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here