काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्व विहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अल्मलिएको बताउनुभएको छ ।
संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरुले पनि सम्मान गरेको बताउनु भयो । संसदभित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताउनु भयो ।
उहाँले पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको बताउनु भयो । रास्वपा बादलभित्र उडिरहेको कागको जस्तो उद्देश्य र गन्त्वयविहीन अवस्थामा रहेको बताउनु भयो ।
सचिव भट्टराईले सांसद पद निलम्वपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रुपमा कुनैपनि कार्यक्रममा भाग लिन नपाउने भएपनि पार्टीले दलको नेता वा पदबाट नहटाउने गरेको बताउनु भयो ।