माओवादीले छेपारो झैँ रङ फेर्यो, हामी सदन चल्न दिँदैनौँः राप्रपा


१ असार २०८२, आईतवार १४:१५ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानविन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताउनुभएको छ । 


सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार सम्बोधनका क्रममा धम्कीपूर्ण रुपमा प्रश्तुत हुनुभएको बताउनु भयो ।

उहाँले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताउनु भयो । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्ने बताउनु भयो । 


प्रमुख सचेतक शाहीले माओवादीले छेपारो झैँ रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसदका काम कारबाहीमा आफूहरु अघि नबढ्ने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here