झापाबाट काठमाडौं जाँदै गरेको बस दासढुंगामा दुर्घटना, १९ जना घाइते


२९ असार २०८०, शुक्रबार ०८:०३ मा प्रकाशित

चितवन । चितवनको दासढुंगामा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

शुक्रबार बिहान सवा ५ बजे काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बस दुर्घटना भएको हो।

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको  बागमती प्रदेश०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खसेर रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजय पण्डितले जानकारी दिए । 

उनका अनुसार बसमा चालकसहित लगभग ३२ जना सवार थिए। यीमध्ये घाइते भएका १९ जनालाई भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा लगेर उपचार भइरहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here