संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भन्ने प्रमुख कुरा होः ओली


२९ असार २०८०, शुक्रबार २०:२२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भन्ने प्रमुख कुरा भएको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता र राष्ट्रको हित गर्नका लागि संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताउनुभएको हो ।

ओलीले देशको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डता राष्ट्रिय स्वार्थलाई माथि उठाउने र सुशासन केन्द्रीत संविधान जनताले चाहेको धारणा राख्नुभयो । उहाँले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्नका लागि अहिलेको संविधान आएपनि यसमा अपूर्णदेखि आवश्यकता अनुसार संशोधन गर्न सकिने बताउनुभयो ।

उहाँले भारत लगाएतका देशमा पनि सयौं पटक संविधान संशोधन भएको उदाहरण दिदै देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यक अनुसार संविधानको संशोधन हुन सक्ने बताउनुभयो ।

ओलीले समग्रतामा मानवअधिकार पूर्तिहुनका लागि समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here