राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक पारित हुँदै


२८ असार २०८०, बिहीबार ०६:४८ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दै छ ।

बैठक आज  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०ः०१ बजेका लागि बैठक बोलाइएको हो । 

सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८०  पारित हुँदैछ । त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको  सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here