पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि छलफल हुँदैछः प्रचण्ड


१६ असार २०८०, शनिबार ०९:३८ मा प्रकाशित

पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि छलफल भइरहेको बताउनुभएको छ । 

आज बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै उहाँले पार्टी एकताका लागि ठोस पहल गरिने पनि स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो।” उनले भने, “हामी भित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ । त्यसका लागि नयाँ ढंगले सोच्दै छौँ । हामीसँग इतिहासको तागत छ । जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत छ र यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ ।” 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here