तुलसीको विरुवा रोपेर हरिशयनी एकादशी पर्व मनाइँदै


१४ असार २०८०, बिहीबार ०७:३२ मा प्रकाशित

काठमाडौँ । असार शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको विरुवा सारी चार महिनासम्म विशेष पूजा सुरु गरिन्छ ।

एक महिनाअघि जेठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको विरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षिंरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएका हो ।

भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस एकादशीमा नेपाल, भारत लगायतका मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीले व्रत राख्नुका साथै एक पर्वको रूपमा मनाउने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here