काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको बजेटको पक्षमा मतदान गर्ने निणर्य गरेको छ ।
बजेटका बिषयमा प्रधानमन्त्री, अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलपछि बजेट पारितमा सहयोग गर्ने निणर्य गरिएको नेकपा समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
बजेटमा पार्टीको सहमतिलाई बजेटको प्रणालीमार्फत सम्बोधन गर्ने प्रतिवद्धता आएपछि पक्षमा मतदान गर्ने निणर्य गरिएको उहाँको भनाइ छ ।






