विश्वकप छनोट अन्तर्गत नेपालले आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै


७ असार २०८०, बिहीबार १०:३२ मा प्रकाशित

काठमाडौं । आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले बिहीबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । विश्व विजेता भइसकेको वेस्ट इन्डिजसँग नेपालको यो पहिलो भेट हो । 

सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेदेखि हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । 

नेपालले जारी प्रतियोगितामा दुई खेल खेलेकामा एकमा जीत र एकमा हार ब्योहोरेको छ । नेपाल जिम्बाबेसँग पराजित हुँदा अमेरिकाविरुद्ध भने जीत हासिल गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here