चीनमा भएको ग्यास विस्फोटमा परि ३१ जनाको मृत्यु


७ असार २०८०, बिहीबार १०:२७ मा प्रकाशित

काठमाडौं । चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति भएको ग्यास विष्फोटमा ३१ जनाको मृत्यु भएको छ।

निङ्जिया सहरमा रहेको एक रेस्टुरेन्टमा विष्फोट भएको चिनिया सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।  

एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएर विस्फोट भएको जनाइएको छ। विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

राष्ट्रपति सी चिनफिङले दुर्घटनामा मृत्यु भएका परिवारलाई तत्काल राहत र घाइतेको उपचारमा सहयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। सीले महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here